छैटौँ व्यास नगर अल्टा म्याराथनको उपाधि विशाल गुरुङलाई
तनहुँ | माघ १७, २०७९
तनहुँ: शहीद दिवसको उपलक्ष्यमा व्यास नगरपालिकाले आयोजना गरेको छैटौँ व्यास नगर अल्टा म्याराथन प्रतियोगिताको उपाधि व्यास नगरपालिका–७ का २६ वर्षीय विशाल गुरुङले जित्नु भएको छ । गुरुङले व्यास नगरपालिकाको वडा नम्बर ५ को मानहुँदेखि वडा नम्बर ८ को सहिदग्राम पुलिमराङ सम्मको ४४ किमी दुरी तीन घण्टा २८ मिनेट २६ सेकेण्डमा पार गर्दै विजेता बन्नु भएको हो ।
प्रतियोगितामा व्यास नगरपालिका वडा नम्बर ६ का साहास पन्थ द्धितिय हुनु भएको छ । उहाँले तीन घण्टा ३६ मिनेट ३८ सेकेण्डमा पार गरेर द्वितीय हुनु भयो । आँबुखैरेनी गाउँपालिका–१ का सनम गुरुङले तीन घण्टा ३८ मिनेट ३१ सेकेण्डमा पार गरी तृतीय हुनुभयो ।
प्रतियोगितामा व्यास नगरपालिका– ६ का प्रमिश गुरुङ, भानु नगरपालिका–३ का रामबहादुर नेपाली, व्यास नगरपालिका–१ का प्रविन थापा मगर सान्त्वना हुनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकलाई क्रमशः ६१ हजार, ५१ हजार र ३८ हजार रुपियाँ साथै मेडल र प्रमाणपत्र प्रदान गरियो । यसैगरी सान्त्वना हुने तीन जनालाई जनही १२ हजार पाँच सय रुपियाँका प्राप्त गर्नुभयो ।
प्रतियोगितामा विजयी खेलाडीहरूलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, गण्डकी प्रदेश सभा सदस्य जीतप्रकाश आले, व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपाने लगायतले नगद तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
सो अवसरमा नेता पौडेलले खेलाडीलाई यस्ता प्रतियोगिताले खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन सक्ने क्षमताको विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै पर्यटनको विकास र शहीदको महत्त्व बढाउन तथा नयाँ खेलाडीलाई खेलप्रति आकर्षित गर्न मद्दत पुग्ने विश्वास वरिष्ठ नेता पौडेलले गर्नुभयो । प्रतियोगिता ५७ जना धावक सहभागी भएका थिए ।
नगरपालिकाले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विगत पाँच वर्षदेखि सुरुवात गरेको म्याराथनलाई यस वर्ष पनि निरन्तरता दिइएको थियो । व्यास नगरपालिकाले यस वर्ष स्थानीय धावकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले जिल्लाभित्रका व्यक्तिहरूले मात्रै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरेको नगर प्रमुख न्यौपानेले बताउनुभयो ।
स्थानीय युवाहरूलाई खेलकुदतर्फ आकर्षण गर्न जिल्लाभित्रका व्यक्तिहरूलाई मात्र म्याराथनमा भाग लिने व्यवस्था मिलाइएको नगर प्रमुख न्यौपाने बताउनुहुन्छ ।
मानुङकोटबाट सिद्धमार्ग हुँदै अलैचे, चापाघाट, पृथ्वी राजमार्ग हुँदै दुर्गा मन्दिर, अनसन चौतारी, सफा सडक, भोर्लेचार चोक, व्यास मार्ग हुँदै बैरेनी, कुमालटारी, दुम्सी, खहरे, कलेस्ती, बोटेटार, पाथ्रा, सत्रसय, कालिका मार्ग हुँदै बानियाडिही, बर्लाची, सोतीबेसी, बगुवा रिस्ती, बाहुनपोखरा, गाडापानी हुँदै पुलिम¥याङमा पुगेर दौड पुरा भएको थियो ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

